उत्तरपूर्वी काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) खेती/माछा/गोठ किसान राहतकोष - आवेदनहरू लिन थालिएको छ

उत्तरपूर्वी काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) किसान राहतकोषले उत्तरपूर्वी क्षेत्रमा बसोबास गर्ने कृषि कार्यमा संलग्न र कोभिड सङ्कटबाट आर्थिक रुपमा प्रभावित काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) स्थानीय बासिन्दाहरूबाट आवेदनहरू लिन थालेको छ ।

कृपया कोषको लागि छनौट निर्णयमा समेटिन यो छोटो सामान्य फाराम भर्नुहोस्।: pasafarming.org/relief

यदि तपाईं यस प्रयासको बारेमा जानकारी लिन र अरुलाई थाह दिन चाहनुहुन्छ भने कृपया हाम्रो Outreach Toolkit मा गएर विभिन्न भाषामा रहेका नमुना जानकारीहरू र ग्राफिक्सहरू हेर्न सक्नुहुनेछ।

 

मापदण्डहरू

कोषको लागि योग्य हुनको लागि तपाईंले अनिवार्य निम्नबमोजिमको मापदण्ड पूरा गरेको हुनुपर्नेछ:

  • काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) को रुपमा पहिचान भएको ।
  • खेती, गोठ, कृषि वा माछा किसानी/खेतीमा कार्यरत हुनुपर्ने ।
  • यस क्षेत्रमा रहेका यीमध्ये कुनैपनि राज्य वा आदिवासी भूमिमा बसोबास हुनुपर्ने : मैन, न्यू ह्याम्प्सायर, भर्मोंन्ट, रोह्ड आइल्याण्ड, मासाचुसेट्स, कनेक्टिकट, न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, डेलावेयर, मेरिल्याण्ड, वासिंगटन डीसी ।
  • कोभिड-19 महामारीबाट आर्थिक रुपमा प्रभावित रहेको ।

अन्य राहत प्रयासहरूबाट बाहिर परेका हुनसक्ने स्थानीय बासिन्दाहरूमा यो कोष पुग्न सकोस् भन्ने सुनिश्चित गर्न हामीले मापदण्ड र आवेदन प्रक्रियालाई सकेसम्म सरल बनाएका छौं । यो कुरामा ढुक्क हुनुहोस् कि :

  • तपाईं कृषि वा माछा खेतीमा कार्यमा संलग्नरत रहँदा तपाईंको आफ्नै स्वामित्वको खेती, गोठ वा माछा खेती व्यवसाय हुनुपर्छ भन्ने छैन ।
  • तपाईंले रसिद वा अन्य कागजपत्र पेश गरेर यतिउति क्षति भएको भनी प्रमाणित गर्नुपर्छ भन्ने छैन।
  • तपाईंको आप्रवासी स्थितिको कुनै पनि जानकारी दिनुपर्छ भन्ने छैन।
  • अंग्रेजी बोल्ने वा पढ्ने नै हुनुपर्ने छैन (अन्य भाषामा जानकारीहरूको लागि यस पेजको शीर्ष स्थानमा हेर्नुहोस्) ।
  • अनलाइन आवेदन गर्नुपर्छ भन्ने छैन - हामीले फोनको माध्यमबाट आवेदन स्वीकार गर्नेछौं । यदि तपाईं फोनको माध्यमबाट आफ्नो आवेदन पेश गर्न चाहनुहुन्छ भने कृपया जेन हैम्सलाई 814.349.9856 x701 मा सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुका पाँच बजेसम्म फोन गर्नुहोस् ।

 

आवेदनसम्बन्धी जानकारी

आवेदन गर्न कृपया यस लिंकमा जानुहोस् pasafarming.org/relief

यदि तपाईं अंग्रेजीबाहेक अन्य भाषामा अनलाइन आवेदन गर्न चाहनुहुन्छ भने कृपया माथि स्क्रोल गर्नुहोस् र तपाईंले प्रयोग गर्न चाहेको भाषामा क्लिक गर्नुहोस् ।

यदि तपाईंको फोनबाट अंग्रेजीमा आवेदन गर्न चाहनुहुन्छ भने कृपया जेन हैम्सलाई jen@pasafarming.org मा वा 814.349.9856 x701 मा सोमबारदेखि शुक्रबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सम्पर्क गर्नुहोस् ।

यदि तपाईं फोनबाट अंग्रेजी भाषाबाहेक अन्य भाषामा आवेदन गर्न चाहनुहुन्छ भने कृपया मेलानी एलेनलाई melanie@blackfarmerfund.org मा सम्पर्क गरी फोन दोभाषे सेवाको लागि अनुरोध गर्नुहोस् । 
 

सम्बन्धित मितिहरू

आवेदन बन्द हुने मिति: अगस्ट 10, 2020

आवेदकहरूलाई सूचित गरिने मिति : अगस्ट 24, 2020 वा त्योभन्दा पहिले

चेकहरू मेलबाट पठाउने मिति : सेप्टेम्बर 6, 2020

तपाईंको आवेदन पेश गर्न pasafarming.org/relief मा जानुहोस् ।

 

बारम्बार सोधिने प्रश्नहरू

प्रापकहरू कसरी निर्धारण गरिन्छ?
आधारभूत मापदण्डहरू पूरा गर्ने (काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC), कृषिमा कार्यरत, कोभिडबाट आर्थिक रुपमा प्रभावित)  सबै आवेदकहरूलाई एउटा शीर्षकमा मूल्यांकन अङ्कसहित सूचीकृत गरिनेछ, जसले तलका कुराहरूलाई ध्यान दिन्छ :

  • कृषि कार्यहरू : दिगो, पुनरुत्पादन, उन्नत वा वातावरणीय रुपमा सही वा असल उत्पादन कार्यहरू गर्ने उत्पादकहरूलाई प्राथमिकता दिने ।
  • वृहत समुदायमा योगदान : आफ्नो समुदायसँग जोडिएको देखाउने, र/वा खाद्यान्नमा रंगभेदी अनुभव गरिरहेका मानिसहरूमा उनीहरूको खाद्यान्न पुर्याउने उत्पादकहरूलाई प्राथमिकता दिने ।
  • ग्रामीण, अर्धसहरी, सहरी र आदिवासी भूमिहरूबीचको सन्तुलन : सम्बन्धित क्षेत्रका विविध भौगोलिक स्थानहरूमा हामी राहत प्रदान गर्दछौं भन्ने सुनिश्चित गर्ने । 
  • खेती कृषिमा घरपरिवारको आय निर्भर : खेती कृषि कार्यमा आर्थिक तथा वित्तीय रुपमा निर्भर मानिसहरूलाई प्राथमिकता दिने । 

राहत भुक्तानी कति हुन्छ?
राहत भुक्तानी $500 हुनेछ । 

कति आवेदकहरूले कोष प्राप्त गर्नेछन्?
हाल कूल कोष क्षमता $100,000 रहेको छ, यसबाट 200 आवेदकहरूलाई कोष प्राप्त गर्न सक्षम बनाउँछ ।

के एउटै कृषि व्यवसायमा कार्यरत विभिन्न मानिसहरूले राहत भुक्तानी पाउन सक्नेछन्?
हो, पाउनेछन्, तर तपाईं उही घरपरिवारमा नबसेको हुनुपर्नेछ । 

के एकै घरपरिवारमा बस्ने विभिन्न मानिसहरूले राहत भुक्तानी पाउन सक्नेछन्?
अहँ, सक्दैनन् ।  प्रत्येक घरपरिवारमा एउटा मात्र राहत प्रदान गरिनेछ । 

चेकको रकम कसरी खर्च गर्न भन्नेमा कुनै अत्यावश्यक प्रावधानहरू छन्?
यी कोषहरू घरपरिवारको खर्च सन्तुलन मिलाउनको लागि हुन्, तर प्रापकहरू कोष कसरी प्रयोग गरे भन्ने जानकारी गराउन लगाइने छैन । 

यो आवेदन पूरा गर्न मलाई कति समय लाग्छ?
यो आवेदन पूरा गर्न लाग्ने अपेक्षित समय 10-15 रहेको छ ।

आवेदन गर्नु अघि के म प्रश्नहरूको एक प्रति हेर्न सक्छु?
हो, तपाईंले उक्त प्रति यस लिंकमा हेर्न सक्नुहुन्छ  you can view a copy here. कृपया नोट गर्नुहोस् - तपाईंले कि त यो लिंकमा क्लिक गरेर अनलाइन आवेदन गर्न वा पासा दिगो कृषि विभागमा जेन हैम्सलाई   814.349.9856 x70, Monday - Friday, 8am-5pm Eastern मा सम्पर्क गरी फोनको माध्यमबाट आवेदन गर्न सक्नुहुनेछ । 

मेरो इन्टरनेटमा भरपर्दो पहुँच छैन । के तपाईंले आवेदन गर्न मद्दत गर्न सक्नुहुन्छ?
सक्छौं ।  तपाईंले तपाईंले फोनको माध्यमबाट Jen Himes at 814.349.9856 x70, Monday - Friday, 8am-5pm Eastern. मा सम्पर्क गरी आवेदन गर्न सक्नुहुनेछ ।

म अंग्रेजी बोल्दिन । के तपाईंसँग अरु भाषामा पनि यो आवेदन सुविधा छ?
छ । आवेदनलाई निम्न भाषाहरूमा अनुवाद गरिएको छ : नेपाली, बंगाली, हैटी/क्रेयोल, फ्रेन्च, सोमाली, अरेबिक, क्यान्टोनिज, मन्दालिन, भियतनामी, तागालोग/फिलिपो, स्पेनिस, किरुन्दी/किन्यारवान्दा । यस आवेदन पेजमा application page गएर तपाईंलाई चाहिएको भाषामा क्लिक गर्नुहोस् । 

म अंग्रेजी भाषा बोल्दिन र मैले फोनको माध्यमबाट आवेदन गर्नुपर्छ । के तपाईं मलाई आवेदन गर्न मद्दत गर्न सक्नुहुन्छ?
सक्छौं । कृपया मेलानी एलेनलाई melanie@blackfarmerfund.org मा सम्पर्क गर्नुहोस् र उहाँले तपाईंको लागि दोभाषे सुविधाको व्यवस्था गर्नुहुनेछ ।

किन तपाईंले यी कोषहरू काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) बासिन्दाहरूलाई मात्र दिंदै हुनुहुन्छ?
काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) बासिन्दाहरूले कोभिड राहत कोषहरू गोरा मानिसहरू भन्दा असमानुपातिक रुपमा न्यून दरमा पाएका छन्, जबकि कोभिड सङ्कटले काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) समुदायहरूलाई गोरा समुदायहरूभन्दा उच्च असमानुपातिक दरमा प्रभावित गरेको छ । यी दुवै भिन्नताहरू संरचनागत जातिवादको नतिजा हुन् । तल केही उदाहरणहरू दिइएका छन् :

  • फेडरल केयर्स एक्ट कोष नामक संघीय ऐन अन्तर्गत प्रदान गरिने कोषले बैंकसँग सम्बन्ध भएका व्यवसायहरूलाई मात्र प्राथमिकता दिएको छ, जसले पहिलेदेखि नै काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) व्यक्तिहरूलाई पहुँच दिन अस्वीकार गर्दै आएको छ ।
  •  कानुनी अप्रवासी स्थिति वा हैसियत नभएकाहरूको लागि कोभिड अनुदान चेकहरू उपलब्ध छैनन् ।
  • USDA ले पनि पहिले देखि नै काला, आदिवासी, वा फरक वर्णका व्यक्ति (BIPOC) किसानहरूलाई कार्यक्रमको कोषहरू वितरणमा भेदभाव गर्दै आएको छ, जस्तो कि धेरै उच्च प्रोफाइल मुद्दाहरू पनि खेप्नु परेको थियो जहाँ फरक रङ्गका किसानहरूले सफलतापूर्वक यस एजेन्सीलाई मुद्दा हालेका थिए, यसमा पिगफोर्ड र कीपसेगल जस्ता मुद्दाहरू पनि थिए ।

यस पहलबाट रकम प्राप्त गर्ने प्रापकहरूले पहिलेका (र वर्तमान) कोषहरू कसरी वितरण गरिएका छन् भन्नेमा गरिएको जतिविभेदलाई सुधार त गर्न सक्दैनन्, तर पनि यी विभेदहरूको स्वीकारोक्ति गरी सम्बोधन गर्ने प्रयासमा यो एउटा सानो कदम भने हुनेछ । 

यी कोषहरू कसले प्रदान गर्दैछन् ? 
फार्म एड नामक कृषिसम्बन्धी सहयोग गर्ने संस्थाले यी कोषहरू प्रदान गर्दैछ । उत्तरपूर्वीको अलावा तिनीहरूले अमेरिकाका अन्य क्षेत्रहरूमा पनि यी कोषहरू उपलब्ध गराएका छन्, र पहिलेदेखि नै किसानहरूको जिउने क्षमतामा असर गर्ने सङ्कटहरूको समयमा किसानहरूलाई राहत कोषहरू प्रदान गर्दै आएका छन् । अझ थप जानकारीको लागि www.farmaid.org/resilience मा गएर हेर्नुहोस् ।

म यो प्रयासमा सहयोग गर्न चाहन्छु? कसरी म दान दिन सक्छु?
यसमा सहयोग गर्न लागेकोमा धन्यवाद! तपाईंले www.farmaid.org/northeastfund मार्फत दान दिन सक्नुहुन्छ ।

यस प्रक्रियालाई कसले मूर्त रुप दिंदैछ ?
यो पहल उत्तरपूर्वी क्षेत्रका कृषि तथा खाद्य प्रणालीमा कार्यरत संस्थाहरूको एक समूहको सहकार्य हो जसले सामूहिक रुपमा मापदण्ड र समीक्षा प्रक्रिया निर्धारण गरेका छन् र आवेदनहरूको समीक्षा गर्नेछन् । सहभागी संस्थाहरू निम्न रहेका छन्:

  • Black Dirt Farming Collective
  • Black Farmer Fund
  • Black Urban Gardeners  and Farmers of Pittsburgh Cooperative
  • Dreaming Out Loud
  • Farm Alliance of Baltimore
  • Farm Fresh Rhode Island
  • Just Food
  • Land For Good
  • National Young Farmers Coalition
  • Northeast Farmers of Color Land Trust
  • Northeast Organic Farming Association of New Jersey
  • Northeast Organic Farming Association of New York
  • Northeast Organic Farming Association of Vermont
  • Northeast Sustainable Agriculture Working Group (NESAWG)
  • Pasa Sustainable Agriculture
  • Rural Vermont
  • Soil Generation
  • The Carrot Project
  • Urban Tree Connection